post-slider post-slider

महिला टी-२० विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

Image
A A

काठमाडौं- जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

सोमबार राति सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो। यो सँगै इङल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंक भएको छ।

त्यस्तै, पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार व्यहोरेको छ।     

Tags: