post-slider post-slider

‘एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी चल्न सक्दैन’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको बताएका छन्।

एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भन्दै आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको उनले बताएका हुन्।

एउटै व्यक्ति ५ / ६ पटक प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरू एकसाथ संकटमा परेको थापाको भनाइ छ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको जिकिर गरे।

थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए।

दाग लागेको कांग्रेसको महामन्त्री बस्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो।

 

Tags: