post-slider post-slider

आगलागीमा परी चार जनाको मृत्यु

Image
A A

काठमाडौं- बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

आगलागीमा परी एक जना घाइते भएका छन्।

स्थानीय भरत चन्दको ईटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट गुलरिया नगरपालिका–४ का ३६ वर्षीया राधा बुढा, ९ वर्षीया मानसी बुढा, ७ वर्षीय कृष चन्द र १८ महिनाका कार्तिक चन्दको मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन्।

शुक्रबार राति ८ बजेतिर भएको आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीमा परी घाइते भएकी २७ वर्षीया करिशमा चन्दको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।

Tags: