post-slider post-slider

एसिसी यू–१९ : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

Image
A A

काठमाडौं- नेपालले एसिसी पुरुष अन्डर–१९ एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।

यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन्।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणको अन्तिम खेल नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ।

युएइमा मंसिर २२ गतेदेखि सुरू हुने प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछन्।

सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम युएइ छन्।

प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको सेमिफाइनल मंसिर २९ र फाइनल पुस १ गते हुनेछ।

 

Tags: