राष्ट्रपतिलाई प्रधानन्यायाधीशले बुझाए वार्षिक प्रतिवेदन
                    काठमाडौं- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।
आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले वार्षिक प्रतिवेदन बुझाएका हुन्। नेपालको संविधानको धारा १३८ बमोजिम प्रधानन्यायाशीश कार्कीले वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।