post-slider post-slider

६ वर्षीया बालिका मृत अवस्थामा फेला

Image
A A

जनकपुरधाम- धनुषामा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

२४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी हुन्।

धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव गाउँकै पोखरी नजिक जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो।

उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ।

बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताएका छन्।

विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथयात्रामा बुधबार ती बालिका सहभागी थिइन्।

सतोखर पोखरीसम्म उनी रथमै चढेर आएकी थिइन्। रथबाट २–३ युवकले उनलाई तल उतारेका थिए।

रथ यात्रापछि सबै जना घर फर्किए पनि उनी नफर्किएपछि खोजी सुरू भएको थियो।

खोजविनका क्रममा बालिकाको शव पोखरीनजिकै खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

बालिकाको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो।

बालिकालाई रथबाट उतार्ने दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाइएको छ।

 

Tags: