post-slider post-slider

गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

Image
A A

काठमाडौं- महोत्तरीको सम्सी गाउँपालिका कार्यालयका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले लेखपाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित पक्राउ गरेको हो।

राउत र यादवलाई १ लाख २५ हजार घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

कोभिड–१९ को जनचेतनामूलक कार्यक्रमको भुक्तानी दिन सेवाग्रहीसँग घुस लिने क्रममा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

 

Tags: