post-slider post-slider

कोसीमा एमालेको सरकार बन्छ : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेसमा एमालेको सरकार बन्ने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

कोसी प्रदेसमा अब ५० सांसदसहित एमालेको सरकार बन्ने उनको दाबी छ।

ओलीले सरकार गठन प्रक्रियादेखि मुख्यमन्त्रीले विश्वासको मत लिँदासम्म कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।

‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गयो, अहिले पनि मानेको छैन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ,’ उनले भने।

सत्ता गठबन्धनले कोसी प्रदेसमा असंवैधानिक गतिविधि गरेको उनको आरोप छ।

उपसभामुखलाई किन बिरामी पार्नु भएको सञ्चारकर्मीको प्रश्नमा ओलीले भने,‘गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने होइन।’

 

Tags: