post-slider post-slider

प्रदेसमा स्थिर सरकारको खाँचो पूरा भएको छ : मुख्यमन्त्री कार्की

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमनत्री केदार कार्कीले प्रदेसमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताएका छन्।

बुधबार प्रदेससभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिका कारण आफू मुख्यमन्त्री बन्न पुगेको बताए।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेससभा बैठकमा बोल्दै उनले सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए।

प्रदेसमा हुने कामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने र सुशासन तथा संघीयताको औचित्य पूष्टि गर्न सबै एकजुट भएर जानुपर्ने उनको भनाइ थियो।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि आग्रह गरे।

यो धाराअनुसार विश्वासको मत हाल्न सांसदहरू स्वतन्त्र रहेको उनको भनाइ थियो।

 

Tags: