post-slider post-slider

टेरामक्स प्रकरणमा अख्तियारले मुख्यसचिवसँग लियो बयान

Image
A A

काठमाडौं- टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसँग बयान लिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भन्दै अख्तियारमा परेको उजुरीमा नाम पनि मुछिएपछि अख्तियारले अर्यालयसँग बयान लिएको हो।

अख्तियारले बोलाएपछि उनी बयानका लागि अख्तियारको कार्यालय पुगेका थिए।

आफूमाथि लागेको अभियोग र सोधिएका प्रश्नहरुको उनले जवाफ दिएर फर्किएका छन्।

बयानका क्रममा अर्यालले नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको उनले भनेका छन्।

यसअघि पेमेन्ट गेटवे विवादमा पनि अख्तियारले अर्यालसँग बयान लिएको थियो।

यस्तै ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद करोबार गरेको लगायतका विषयमा पनि उजुरी परेको छ। अख्तियारले यी विषयहरुको अनुसन्धानलाई तीव्र बनाएको छ।

 

Tags: