post-slider post-slider

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ।

दुई जना भारतीय वायुसेना (आइएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगाना राज्यको मेडक जिल्लास्थित टुप्रन सहरमा दुर्घटना भएको हो।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८ : ५५ बजे दुर्घटना भएको हो।

पाइलटहरूमा एक जना प्रशिक्षक र अर्का क्याडेट हुन्।

अधिकारीहरूले जनाएअनुसार दुर्घटना भएको विमान ‘डन्डिगुल ट्रेनिङ एयरक्राप्ट’ हो।

विमानभित्र दुई जना सवार थिए, तिनमा एक जना प्रशिक्षक र अर्का प्रशिक्षार्थी थिए।

दुर्घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

 

Tags: