post-slider post-slider

‘टाइम्ड आउट’ विवाद : मैथ्युजले उठाए प्रश्न?

Image
A A

काठमाडौं- श्रीलंका क्रिकेटका अलराउन्डर एन्जेलो मैथ्युजले ‘टाइम्ड आउट’ दिइएको विषयमा प्रश्न उठाएका छन्।

सोमबार विश्वकपमा बंगलादेशविरूद्ध ब्याटिङ गर्न आएका बेला बंगलादेशका कप्तान शाकिश अल हसनले ‘टाइम्ड आउट’ को अपिल गरेका थिए। र, उनको अपिललाई एम्पायरले स्वीकार गरेका थिए।

तर, मैथ्युजले म्याचको एउटा भिडियो सेयर गरेर ब्याटिङका लागि आफूले निर्धारितभन्दा बढी समय नलिएको प्रष्ट पार्ने प्रयास गरेका छन्।

भिडियोमार्फत उनले दुई मिनेटको समय सीमाभित्र पिचमा पुगेको र ब्याटिङका लागि तयार भए पनि अन्तिम समयमा हेलमेटको ‘स्ट्रिप’ भाँचिएको देखाउने कोसिस गरेका छन्।

यसरी भएको थियो ‘टाइम्ड आउट’ 

२५ औं ओभरको दोस्रो बलमा बंगलादेशका कप्तान हसले श्रीलंकाका ब्याटर सदीरा समरविक्रमाको आउट गरेका थिए।

त्यो श्रीलंकाको चौथों विकेट थियो। मैथ्युज छैठौं नम्बरमा ब्याटिङका लागि आएका थिए।

‘मैथ्युज क्रिजमा आए। उनी झुकेर क्रिजमा सेतो धर्कोलाई छोए र टाउकोमा हात लगे। त्यसपछि हेलमेटको स्ट्रिपलाई ताने। स्ट्रिपमा केही समस्या देखियो र उनले हेलमेट फुकालेर पवेलियनतर्फ इशारा गरेर अर्को हेलमेटको माग गरे,’ भिडियोमा देखिन्छ।

यसैबीच बंगलादेशका कप्तान हसले मुस्कुाउँदा एम्पायरसँग ‘टाइम्ड आउट’ को अपिल गरिदिए। मैथ्युजले केही बुझ्न सकेनन्।

उनी पनि एम्पायर नजिक पुगेर ढिलो हुने कारणबारे बुझाउने प्रयास गरे।

एम्पायरले मुस्काउँदै हसनलाई सोधे– के तपाईं मैथ्युजलाई आउट गर्ने अपिल गरिरहनु भएको हो?

हसन र बंगलादेशका अरू खेलाडीहरूले अपिललाई लिएर आफूहरू गम्भीर रहेको बताउँदै फिर्ता नलिने बताए।

त्यसपछि एम्पायरले मैथ्युजलाई फिर्ता जान निर्देशन दिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ‘टाइम्ड आउट’ भएर आउट हुने मैथ्युज विश्वकै पहिलो ब्याटर भएका छन्।

 

Tags: