post-slider post-slider

इराकस्थित हवाइ शिविरमा आक्रमण, कैयौं अमेरिकी सैनिक घाइते

Image
A A

काठमाडौं- पश्चिमी इराकस्थित एउटा हवाइ शिविरमा भएका क्षेप्यास्त्र हमलामा कैयौं अमेरिकी सैनिक घाइते भएका छन्।

संयुक्त राज्य अमेरिकाका अनुसार कैयौं बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए जसमध्ये कतिपयलाई हवाइ प्रतिरक्षामार्फत विफल बनाइएको थियो।

कतिपय अरू अल असद शिविरमा खसेका थिए।

कम्तीमा एक जना इराकी कर्मचारी घाइते भएको र केही अमेरिकी सैनिकहरूलाई मस्तिष्कमा चोट लागे या नलागेको भनेर जाँच भइरहेको जनाइएको छ।

गाजा युद्ध सुरू भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकूहरूले आक्रमण गर्ने क्रम बढेको छ।

अमेरिकी सेनाका मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाइ बेसलाई इरान समर्थित लडाकूहरूले बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रयोग गरी शनिबार साँझ आक्रमण गरेको जनाएको छ।

संख्या नखुलाइए पनि केही अमेरिकी सैनिकहरूले अघात पु¥याउनसक्ने मस्तिष्कको चोटका लागि जाँच गराइरहेको भनिएको छ।

हमलाको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ।

अमेरिकास्थित वासिङ्ट इन्स्टिच्युट फर निअर इस्ट पोलिसीका अनुसार यो समूह सन् २०२३ को अन्त्यतिर देखा परेको थियो र त्यसमा इराकमा सञ्चालित कैयौं इरानसँग आबद्ध रहेका सशस्त्र समूहहरू छन्।

यो समूहले अमेरिकी फौजहरूमाथि हालैका हप्ताहरूमा अन्य आक्रमणहरू पनि गराएको छ। हालैका वर्षहरूमा अल असद अखडामाथि पटकपटक आक्रमणहरू भएका छन्।

 

Tags: