post-slider post-slider

टि–२० विश्वकप छनोट : नेपालसँग सिंगापुर ८ विकेटले पराजित

Image
A A

काठमाडौं- आइसिसी टि–२० विश्वकप छनोट फाइनल प्रतियोगितामा नेपालले सिंगापुरलाई     विकेटले पराजित गरेको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा १४६ रनको पछ्याएको नेपाल ८   विकेटले विजयी भएको हो।

नेपालले  २ विकेट गुमाएर  १६.३ ओभरमा १४७ रन बनायो।

ओपनर कुशल भुर्तेलको अर्धशतकीय इनिङको मदतले सिंगापुरले प्रस्तुत गरेको लक्ष्य नेपालले ८   विकेट गुमाएर ओभरमा प्राप्त गर्‍यो।

नेपालका लागि भुर्तेलले ४८ बलमा ७४ रन बनाए।

कप्तान रोहित पौडेलले  २४ बलमा ३५ रन बाए।

त्यस्तै आशिफ शेखले २५ बलमा २७ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाउँदा अर्का ओपनर अरित्रा दत्त भने शून्य रनमा आउट भएका थिए।

त्यस्तै अमात्र्य कौल्य शून्य, मनप्रीत सिंह २४, आर्यवीर चौधरीले ३७ र जनकप्रकाशले ७ रनको योगदान दिए।

नेपालका लागि अविनाश बोहोराले ३, करण केसी, सन्दीप लामिछाने र गुलशन झाले २–२ विकेट लिए।

दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन्।

११ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि छनोट हुनेछन्।

दोस्रोपटक टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएको नेपाललाई यसपालि घरेलु मैदान र घरेलु दर्शकको साथ हुनेछ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा टि–२० विश्वकपमा भाग लिएको थियो।

त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुनसकेन।

यसपालि घरेलु मैदान र घरेलु दर्शकको साथ लिएर नेपाली टिमलाई एसियाबाट शीर्ष दुईमा पुग्ने राम्रो अवसर छ।

सन् २०२४ मा हुने टि–२० विश्वकपमा २० टिम सहभागी हुनेछन्।

 

Tags: