post-slider post-slider

‘यती, ओम्नी र गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिनले मलाई केही फरक पर्दैन’

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिनमा आफूलाई केही फरक नपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यी सबै प्रकरणको छानबिन गर्न सरकारलाई चुनौती दिए।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त। के यति होल्डिङस, वाइडबडी, गर न त छानबिन। अनि जाऊ आफैं जेलमा,’ ओलीले भने,‘वाइडबडीको छानबिन गर, जेल जाऊ। अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए। अहिले भागमभाग छ। कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ।’

आफूलाई ललिता निवासको विषयमा आरोपित गर्न खोजे पनि अहिले आफैं फसिरहेको उनले बताए।

ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकोमा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे।

‘गर न छानबिन, विना कानुन २०५३ सालमा १९ बिघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर। २०६० कि कति सालमा विना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर। छानबिन गर जेल जाऊ,’ उनले भने,‘हामीले कानुन बनाइदिएका हौं। कानुनसम्मत गर भनेर भनेका छौं।’

अध्यक्ष ओलीले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए।

 

Tags: