post-slider post-slider

चार दिन देशभर वर्षा, केही स्थानमा भारी वर्षा

Image
A A

काठमाडौं- अबको चार दिन देशभर हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा, गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

यी चार दिनमा भारी वर्षा हुनाले पहिरोको जोखिम रहेको छ। साथै, यो अवधिमा सडक यातायात क्षेत्र, कृषि, हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ। 

Tags: