post-slider post-slider

इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त

Image
A A

काठमाडौं- इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव प्राप्त भएका छन्।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेसराज विष्ट र आशीस चौधरीको शव प्राप्त भएको हो।

प्राप्त शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ।

हमासको आक्रमणमा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासको भनाइ छ।

साथै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जना अस्पतालमा उपचाररत छन्।

 

Tags: