post-slider post-slider

रिगल मुद्दाको फैसला बिहीबार

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरूद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने भएको छ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधानम मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार फैसला सुनाउने आदेश दिएको हो।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरेका थिए।

रिगल नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ जेल चलान भएका थिए।

रिगलले आममाफी पाएपछि चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिइएकी थिइन्।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।

साथै अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्न उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेसी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो।

 

Tags: