post-slider post-slider

मन्त्रालय तानिए अध्यागमन विभागका महानिर्देशक झलकराम

Image
A A

काठमाडौं- गृह मन्त्रालयले झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएको छ। 

गृहले अधिकारीलाई छानबिनका लागि अध्यागमनको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेको हो।

सुन तस्करीमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँग सम्बन्ध भएको बाहिरिएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ।

सुन तस्करीमा मुछिएका शेर्पासँग महानिर्देशक अधिकारीले कुराकानी गरेको बताइएको छ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने जनाइएको छ।

 

Tags: