post-slider post-slider

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् हेरफेर, थपिए तीन मन्त्री

Image
A A

काठमाडौँ - केन्द्रमा भएको सत्ता गठबन्धनको फेरबदलको असर प्रदेशमा पनि देखिन थालिसकेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विनाविभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। 

आजै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। नाउपाबाटै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइएको छ। 

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भटट्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारीमा छन्। 

बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन्। मुख्यमन्त्री शाहले मन्त्रिमण्डल विस्तार गरेको यो चौथो पटक हो।

Tags: