post-slider post-slider

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

Image
A A

काठमाडौं- नेप्सेमा बिहीबार ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ बिन्दुमा रोकिएको हो ।

आज ३२२ कम्पनीको कारोबार हुँदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यसैगरी, बिहीबार अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ।  

त्यस्तै,  अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ।

Tags: