post-slider post-slider

संघीयता कार्यान्वयनका लागि संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यक्ता देखियो: निधि

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयनका लागि शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

शनिबार जनकपुरधामको महावीर युवा किमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन एवं सपथग्रहण समारोहमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

उनले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि केन्द्रीय सरकार प्रतिबद्ध नरहेकोले शान्तिपूर्ण लडाइँको आवश्यक्ता भएको जिकिर गरे।

‘संघीयता कार्यान्वयनतर्फ केन्द्रीय सरकारको रूची देखिएको छैन, सबैकाम केन्द्रबाटै गर्न खोजेको देखिन्छ। प्रदेस सरकारले पनि प्रादेशिक अधिकार प्रयोग गर्न चाहेका छैनन्,’ उनले भने,‘संविधानले दिएको अधिकारअनुसार कानुन बनाउन सबै प्रदेस सरकारहरूले शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नु जरूरी छ। यसको अगुवाइ जनकपुरले गरोस् भन्ने मेरो आग्रह छ।’

मधेस र कांग्रेस पर्यावाची भएको बताउँदै उनले लोकतन्त्रलाई मजबुत पार्न कांग्रेसलाई बलियो बनाउने अभियानमा जुट्न उनले सबैलाई आग्रह गरे।

‘मधेस भनेको कांग्रेस र कांग्रेस भनेको मधेस भन्ने इतिहासमा उल्लिखित छ।। कांग्रेस मधेसबाट वा मधेसबाट कांग्रेस अलग भए लोकतन्त्र मजबुत हुँदैन। लोकतन्त्र मजबुत बनाउन पनि कांग्रेस बलियो हुनु जरूरी छ,'  उनले भने।

जनकपुरको आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका परिवर्तनका लागि युवा पुस्ताले अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए।

यसअघि सडकको अभाव भए पनि अहिले कनेक्टिभिटीले फड्को मारिसकेको बताउँदै निधिले जनकपुरको प्रगतिका लागि जुट्न आग्रह गरे।

यस अवसरमा कमिटीका निर्वाचन अधिकृत राकेशविक्रम साहले नवनिर्वाचित अध्यक्ष अजय गुप्तासहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए।

 

Tags: