post-slider post-slider

सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Image
A A

सप्तरी - सप्तरीमा ट्रक दुर्घटनामा परेको छ। मंगलबार बिहान ०६:३० बजेको समयमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ मा पर्ने पूर्व-पश्चिम राजमार्गमा ट्रक दुर्घटनामा परेको हो।

मधेश प्रदेश ०३-००१ ख ८१८१ नम्बरको ट्रक, जसले क्लिङकर लोड गरेको थियो। दुर्घटनामा ट्रकका चालक २५ वर्षीय सविन राईको मृत्यु भएको छ।

राई मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ निवासी हुन्। दुर्घटनाको समयमा ट्रकभित्र नै च्यापिएर उनको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

दुर्घटनामा १२ चक्के ट्रक मोहनपुर पुलबाट १५-२० मिटर तल खसेर थियो।

घटनास्थलमा शवलाई निकाल्नका लागि क्रेन र जेसिबीको सहयोगमा प्रयास भइरहेको न्यौपानेले बताए।

Tags: