post-slider post-slider

विश्वकपका लागि भारतले घोषणा गर्‍यो अन्तिम टिम

Image
A A

काठमाडौं- एकदिवसीय क्रिकेट विश्वकपका लागि आयोजक भारतले १५ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ।

बिहीबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) अन्तर्गत रहेको चयन समितिका प्रमुख अजित अगरकरले अन्तिम १५ खेलाडीसहितको टिम घोषणा गरेका हुन्।

विश्वकपमा सहभागी भइरहेका टिमहरूलाई खेलाडी परिवर्तन गर्न बिहीबारसम्मको समय तोकिएको थियो।

भारतले यसअघि घोषणा गरेको टिममा एकमात्र परिवर्तन गरेको छ। उसले चोटिल भएका स्पिनर अक्षर पटेलको स्थानमा रविचन्द्रन अश्विनलाई टिममा सामेल गरेको छ।

विश्वकप २०२३ आगामी अक्टुबर ५ तारेखदेखि सुरू हुँदैछ। तर, त्यसअघि सबै १० टिमलाई २–२ अभ्यास म्याच खेल्नुपर्नेछ।

विश्वकप प्रतियोगिताका लागि चयन भएका सबै १० देशले आफ्नो टिमको घोषणा यसअघि नै गरिसकेको छ।

भारतीय टिम :  रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, रविचन्द्रन आश्विन, इशान किसन र सूर्यकुमार यादव।

 

Tags: