post-slider post-slider

प्रचण्डलाई ओलीको प्रश्नः एउटा पनि राम्रो काम गर्न सक्नुभएन, कहिले सच्चिने ?

Image
A A

कैलाली-  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको र विकासविरोधी भएको बताएका छन्।

आइतबार घोडाघोडीको सुखडमा पार्टीको कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिए।

‘अहिलेको यो निकम्मा सरकार हो। यसले केही पनि काम गर्न सक्दैन’, ओलीले भने, ‘यो गरिबलाई हेप्ने, न्याय नदिने, बलियाका पक्षको सरकार हो। क्विन्टलका क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ।’

सरकारले सुन तस्करीमा संलग्नलाई कारबाही गर्न खोज्दा आफ्नै मान्छे परेपछि छाड्ने गरेको भन्दै प्रचण्डले एक वर्ष खेर फालेको पनि बताए। उनले प्रधानमन्त्री प्रचण्डलाई कहिले सच्चिने भन्दै प्रश्न पनि गरे।

‘यो सरकारले एक वर्ष काम नगरी बितायो। प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन। उहाँ भाषणमा हामी काम गर्छौँ, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘तर ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?’ राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भए पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै उनले देशमा सुशासन नै नभएको उल्लेख गरे।

आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए।

Tags: