post-slider post-slider

भोली राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

Image
A A

काठमाडौं- इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने निर्णय पनि गरेको उनको भनाइ छ।

इजरायलमा गत शनिबार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गएको छ।

Tags: