post-slider post-slider

धम्कीपूर्ण शैलीमा सहकारी ठगी आरोपी रवि लामिछानेले संसदमा दिए स्पष्टीकरण

Image
A A

काठमाडौं- सहकारी ठगीका नाइके जिबी राईसँग जोडिएका तथा सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्पष्टीकरण दिँदै ठगी आरोपी लामिछानेले आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको दाबी गरे।

लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व व्यहोर्नुपर्ने भए आफू सो दायित्व व्यहोर्न तयार रहेको बताए।

उनले जिबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा धम्कीपूर्ण शैलीमा बताए। 

पोखराको सूर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको ठग लामिछानेको आरोप थियो।

उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेकोसम्म बताए।
      

Tags: