.png) 
                
                
                     
                
                ओखलढुंगामा पहिरो जाँदा चार जनाको मृत्यु
 
                    काठमाडौं- ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घर बगाएको छ।
बिहीबार राति ११ बजे गएको पहिरोले २० भन्दा बढी चौपायासमेत बगाएको छ।
संघीय संसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको मृत्यु हुनुका साथै चौपाया र घरजग्गामा क्षति पुगेको बताएका छन्।
वडाध्यक्ष खड्गबहादुर राउतका अनुसार पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको हो।
मृतकमध्ये ३८ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाकी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय दिनेश गुरुङ शव निकाल्ने प्रयास भइरहेको छ।
बिहीबार रातिबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयहरू उद्धारमा खटिएको अध्यक्ष राउतले बताएका छन्।
 
                                 
                 
                