post-slider post-slider

नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य

Image
A A

काठमाडौँ- नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ। जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए। लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए। दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन्। उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए।

त्यसैगरी नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए।

नेदरल्याण्डसले टियु क्रिकेट मैदानमा टी-२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो। नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफुविरुद्ध बनाएको २३८ रनको किर्तिमान तोडेको हो। 

Tags: