post-slider post-slider

कांग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आजबाट काठमाडौंमा सुरू हुँदैछ।

दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको भेला सुरू हुन लागेको हो।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन्।

बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने बताइएको छ।

त्यस्तै क्रियाशील सदस्यको जिल्लागत अवस्था, पार्टीका विभिन्न तहका सम्मेलनका र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

 भेला शुक्रबारसम्म सञ्चालन हुनेछ।

Tags: