post-slider post-slider

इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

Image
A A

काठमाडौं- उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।

इराकको उत्तरी निनेभ प्रान्तको अल–हम्दानिया जिल्लामा मंगलबार राति अबेर यो घटना भएको हो।

आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतिसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।

इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौं अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ।

स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर राखेका छन्।

भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। 

आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ।

इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उद्धृत गर्दै निनाले लेखेको छ,‘कार्यक्रम हल बनाउनका लागि कम खर्चिलो सामग्री गरिएको र त्यो छिट्टै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटभित्रै ढल्यो र आगो तीब्र गतिमा फैलियो।’

इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न निर्देशन दिएको उक्त कार्यालयले ट्विट गरेर जनाएको छ।

घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पु¥याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।

उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निक्र्योल नभएको र यो संख्या बढ्नसक्ने बताएका छन्।

 

Tags: