post-slider post-slider

बिरामी जाँच गर्ने औषधि पसल सञ्चालक पक्राउ

Image
A A

काठमाडौं- बिरामीलाई भर्ना गरी उपचार गर्ने दुई औषधि पसल सञ्चालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरको छ।

अधिकार क्षेत्रभन्दा बाहिर गएर बिरामीलाई उपचार सेवा प्रदान गरेको अभियोगमा दमौलीस्थित दुई औषधि पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा व्यास नगरपालिका–३ परासर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसचौतारास्थित मित्रता स्वास्थ्य क्लिनकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’ मार्फत उपचार गराएको प्रहरीको भनाइ छ।

त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैं औषधि सिफारिस गरेको, डुङ्गु संक्रमित बिरामीलाई इन्जेक्सन, ट्याबलेट र एन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ।

उनीहरूविरूद्ध तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ।

 

Tags: