post-slider post-slider

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

Image
A A

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ती बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्रीमा पुन: नियुक्त भएका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०:३० बजे हुने बताइएको छ।

मंगलबार नै ४:४५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन्।

यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिएका थिए।

 

Tags: