post-slider post-slider

सीतालाई प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको हिन्दू परम्पराअनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

दिवंगत सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका छन्।

प्रचण्डसँगै रेणु र गंगा पनि चिता वरपर घुमेका थिए।

सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो।

श्रद्धाञ्जली अर्पणका लागि प्रधानमन्त्री प्रचण्डका आफन्तसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरू पेरिसडाँडा पुगेका थिए।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट पुगेका थिए।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएको थिए।

सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरूप अन्तिम सलामी दिएको थियो।

प्रधानमन्त्री प्रचण्डपत्नी सीताको ६९ वर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पालमा निधन भएको थियो।

 

Tags: