post-slider post-slider

‘चीनको विकास देखेर छक्क पर्छु’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताएका छन्।

आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने,‘यस्ता सम्मेलनले नेपाल र चीनको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउन, दुई देशको व्यापार व्यवसाय र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग प्रशस्त गर्ने निश्चित छ।’

बेइजिङस्थित दूतावाससँगको सहकार्यमा भएको भएको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल उपयुक्त अवसरको देश भएकाले उद्यमी र लगानीकर्तालाई स्वागतको सन्देश दिन आफू चीन आएको बताए।

उनले जलस्रोत, खाद्य सुरक्षा, कृषि क्षेत्र, पर्यटन उद्योग र बढ्दो आइसिटी लगानीका आकर्षक क्षेत्र नेपाल भएको जिकिर गरे।

यी क्षेत्रको लगानीले उच्च प्रतिफल दिने उनको भनाइ थियो।

शिखर सम्मेलन दुई देशका निजी क्षेत्रको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्नेमा प्रचण्डले जोड दिए।

आफू चीनको विकासको गतिलाई देखेर छक्क परेकोसमेत उनले बताए।

प्रचण्डले भने,‘म यो देशमा विकासको गति र मापन देखेर छक्क पर्छु। पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म, शिक्षा र स्वास्थ्य सेवादेखि विज्ञान र प्रविधिसम्म चीनले गरेको प्रगति मानव सभ्यताको इतिहासमा विरलै पाइन्छ।’

चिनियाँ नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउने लक्ष्य सफलतापूर्वक हासिल गरेको भन्दै उनले चीनका राष्ट्रपति सि जिनपिङको नेतृत्वलाई बधाइ दिए।

प्रचण्डले निकट छिमेकीका नाताले नेपालले चीनसँग पारस्परिक रूपमा लाभदायक सहयोग प्रवद्र्धन गर्नु आवश्वयक रहेको उल्लेख गरे।

नेपाल र चीनले शान्तिपूर्ण सहअस्तित्व, आपसी समझदारी, पारस्परिक लाभ र सहयोगको फाइदा लिनुपर्नेमा उनले जोड दिए।

 

Tags: