पूर्वमन्त्री अधिकारी पाँच दिन अझै थुनामा
काठमाडौं - मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी थप पाँच दिन हिरासतमा रहने भएका छन्।
हिरासतमा राख्न लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाई लगेको आरोप लागेको छ। एमाले प्रदेशसभा सदस्य एवम् तत्कालीन आन्तरिक मामिला मन्त्री अधिकारीविरुद्ध यस प्रकरणमा छानबिन जारी रहेको छ।