post-slider post-slider

रोमाञ्चक म्याचमा नेपालविरूद्ध ओमानकोे जित

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको फाइनलमा नेपाललाई पराजित गर्दै ओमान विजयी भएको छ।

सुपर ओभरमा पुगेको खेलमा नेपाल ओमानसँग पराजित भएको हो।

पहिले ब्याटिङ गरेर नेपालले बनाएको समान १८४ रन ओमानले पनि बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

१८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि नेपालले बनाएको १८४ रन नै बनाएपछि सुपर ओभरमा विजेतको निर्णय भएको हो।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको ओमानले ६ बलमा २१ रन बनाएको थियो।

अविनास बोहराले फ्यालेको ६ बलमा ओमानका ब्याटरहरूले ३ छक्कासहित २१ रन बनाएका थिए।

सुपर ओभरमा जितका लागि २२ रनको लक्ष्य पाएको नेपालले १० रनमात्रै बनाउनसक्यो। 

 

Tags: