post-slider post-slider

विश्वकप २०२३ : पाकिस्तान आउला भारत?

Image
A A

काठमाडौं- विश्वकप क्रिकेट २०२३ खेल्न पाकिस्तान टिमलाई भारत आउनुपर्ने भएको छ।

प्रतियोगिताको तय कार्यक्रमअनुसार भारत–पाकिस्तानबीच एउटा म्याच आगामी १५ अक्टुबरमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

दुवै टिम नरेन्द्र मोदी स्टेडियममा आमुन्ने–सामुन्ने हुनेछ।

यसअघि पाकिस्तानले विश्वकप बहिष्कार गर्ने घोषणा गरेको थियो। 

बिसिसिआईले एसियाकप खेल्न भारतीय टोली पाकिस्तान नजाने बताएपछि विश्वकपबारे पाकिस्तानको यस्तो प्रतिक्रिया आएको थियो।

बिसिसिआईले एसियाकपका लागि स्थान परिवर्तन गर्न माग गरेको थियो।

त्यसपछि एसियाकप ‘हाइब्रिड मोडेल’ मा खेल्ने निर्णय भएको छ। यो मोडेलअनुसार केही खेल पाकिस्तानमा हुनेछ भने भारत र पाकिस्तानले श्रीलंकाको मैदानमा प्रतिस्पर्धा गर्नेछ।

यो निर्णयपछि एसियाकपका लागि भारतले अब पाकिस्तान जानुपर्ने छैन। तर, मंगलबार सार्वजनिक विश्वकपको खेल तालिकाअनुसार पाकिस्तान टिमलाई भारत आउनुपर्ने भएको छ।

त्यो पनि केवल एकपटक मात्रै होइन फरक–फरक टिमसँग भारतको फरक–फरक सहरमा पाकिस्तानले  ९ वटा म्याच खेल्नुपर्नेछ।

आइसिसीले सार्वजनिक गरेको विश्वकपको खेल तालिकामाथि प्रतिक्रिया दिँदै पाकिस्तान क्रिकेट बोर्डले भारतमा म्याच खेल्न पाकिस्तान सरकारसँग स्वीकृति लिनुपर्ने बताएको छ।

सरकारले निर्णय गरिसकेपछि मात्रै विश्वकपअन्तर्गतका खेलहरू खेल्न भारत जाने वा नजाने भन्ने निष्कर्षमा पुग्ने पाकिस्तान क्रिकेट बोर्डको भनाइ छ।

पाकिस्तान अन्तिमपटक २०१६ मा विश्वकप खेल्न भारत आएको थियो।

 

Tags: