post-slider post-slider

बाढी पहिरोमा परी एकको मृत्यु, २७ जना बेपत्ता

Image
A A

काठमाडौं - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन्।

पहिरोका कारण स्थानीय यादव बुढाथोकीको घर बगाउँदा उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्।

यस्तै मेहेलकै भरत तामाङ पनि बेपत्ता भएका छन्।

खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुबाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ।

मेहेलका राजकुमार गौतमका एउटा घर बगेको छ भने मेहेल स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ।

बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरूद्ध भएका छन्। मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरूद्ध बनेका छन्।

यस्तै अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। 

गएराति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बढुथोकीले बताएका छन्।

वर्षासँगै आएको बाढी बस्तीतफृ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति नभएको बढुाथोकीले जनाएका छन्।

संखुवासभामा एकको मृत्यु १७ जना सम्पर्कविहीन

जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।

बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखन नगरपालिका–५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

चैनपुर नगरपालिका–४ पेङ्कोट र पाँचखन नगरपालिका–९ मा गएको पहिरोले  खोेला   थुुुनिएपछि आएको बाढीले ठूलो धनजनको क्षति भएको हो।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको वाना प्रहरी चौकी कार्यालयले जनाएको छ।

परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यद्यपि खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको छ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ।

पाँचथरमा ६ जना बेपत्ता

अबिरल  वर्षासँग गएराति आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम १० का संयोग लोवासहित ६ जना बेपत्ता भएका हुन्।

बाढीले फिदिम–४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका १, फालेलुङ–३ मा एक र फिदिम–४ माझी टारमा दुई गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन्।

यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेवल र एउटा झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ।

 

Tags: