post-slider post-slider

मानवअधिकार आयोगको विधेयकको मस्यौदा बनाउन स्वीकृति

Image
A A

काठमाडौं- सरकारले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्थ ागर्न विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिइन्।

त्यस्तै नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी ‘एमओयु’ स्वीकृत गरी त्यही बमोजिमको समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ।

नेपाल र कतारबीच हुने ‘प्रोटोकल बिटविन गभर्नमेन्ट अफ नेपाल एन्ड द गभर्नमेन्ट अफ द स्टेट अफ कतार अन कोपरेसन इन द फिल्ड अफ प्रेस एन्ड इन्फरमेसन’ विषयक समझदारीपत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्ने अख्तियार दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको जानकारी दिइन्।

 

Tags: