post-slider post-slider

अन्तःशुल्क स्टिकर बिक्री गर्ने पक्राउ

Image
A A

काठमाडौं- अन्तःशुल्क स्टिकर संकलन गरेर बिक्री गर्दै आएका व्यापारीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।

गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा टाँसिएको अन्तःशुल्क स्टिकर संकलन गरेर बिक्री गर्दै आएका सुनिलकुमार राजवंशीलाई प्रहरीले मोरङको कर्सियाबाट पक्राउ गरेको हो।

पक्राउ परेका राजवंशी मोरङको धनपालथान–४ कर्सिया बजारस्थित निराला पसलका सञ्चालकसमेत हुन्।

उनको साथबाट ३ हजार १४० थान अन्तःशुल्क स्टिकर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन्।

राजवंशीले गुट्खा र सुर्तीजन्य वस्तु बिक्री गर्ने किराना पसलबाट प्रतिगोटा ३ रूपैयाँमा त्यस्ता स्टिकर खरिद गरेर गुट्खा उत्पादन गर्ने उद्योगलाई प्रतिगोटा ७ रूपैयाँमा बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनले गुट्खा र सुर्तीजन्य वस्तुको प्याकेटमा एकपटक प्रयोग गरिएको अन्तःशुल्क स्टिकर उप्काएर जम्मा गर्ने अनि त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो कार्यमा गिरोह नै संलग्न भएको हुनसक्ने प्रहरीको आशंका छ।

एकपटक प्रयोग गरिएका स्टिकर उद्योगले पुनः प्रयोग गरेर अन्तःशुल्क ठगी गर्दै आएको प्रहरीको बुझाइ छ।

 

Tags: