post-slider post-slider

अन्तिम संस्कारका लागि आर्यघाट लगियो सीता दाहालको शव

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको हो।

दाहालको बुधबार बिहान ८:३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।

सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो।

Tags: