post-slider post-slider

विश्वेश्वरप्रसाद कोइरालाका २१ प्रसिद्ध भनाइहरू

Image
A A

काठमाडौं- विश्वेश्वर प्रसाद कोइराला (विपी)को जन्म ८ सेप्टेम्बर सन् १९१४ मा भएको थियो भने उनको मृत्यु २१ जुलाई सन् १९८२ मा भएको थियो।

उनी नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री हुन्। कोइराला नेपाली र हिन्दी भाषाका साहित्यकारसमेत हुन्। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।

उनका नरेन्द्र दाई,तीन घुम्ती,बाबु आमार छोरा,हिटलर र यहुदी, मोदी आइन,सुम्निमा, दोषी चस्मा जस्ता धेरै पुस्तक प्रख्यात छन्। आज उनको ११०औं स्मृति दिवस् हो।

१. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यक्ता पर्दछ।

२. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो।

३. म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु।

४. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।

५. साहित्य सभ्यताको प्रतिक हो।

६. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो।

७. धर्मको बिरुद्धमा म पटक्कै छेन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन।

८. तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो।

९. म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विाकास विकास नै होइन।

१०. देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो।

११. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन।

१२. हामीले आफ्ना बिरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ।

१३. हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिग’त हुनुहुँदैन।

१४. हामीले आफ्नो सिद्धान्त त्यागेर कोहिसँग पनि सम्झौता गर्नुहुँदैन।

१५. प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्,हामीहरुको त कुरै भएन।

१६. मलाई विश्वास छ नेपालमा फेरी प्रजातन्त्र आउँनेछ।

१७. प्रजातन्त्र बिना देश रहँदैन।

१८. राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो।

१९. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन्।

२०. जीवन नै एक सुनिश्चित जोखिम हो।

२१. मेरो राजनीतिक जीवन खुलेको पाना हो।

 

Tags: