post-slider post-slider

वीर अस्पताल पुगेर प्रधानमन्त्रीले बुझे माओवादी केन्द्रका सचिव आचार्यको स्वास्थ्यवस्था

Image
A A

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन्। 

बिहीबार प्रधमानमन्त्रीले दाहाल वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्। 

पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए।

अस्वस्थ भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। अहिले उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको हो।

Tags: