post-slider post-slider

साताको पहिलो दिन नेप्सेमा भारी अंकको गिरावट

Image
A A

काठमाडौं- साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.१४ अंकले घटेको छ। आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको हो। 

कारोबार रकम भने बढेको छ। अघिल्लो दिन नेप्सेमा १ अर्ब ४५ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार बढेर २ अर्ब १ करोड पुगेको छ। 

कारोबारमा आएमध्ये ११ कम्पनीको सेयरमूल्य बढ्दा २१३ कम्पनीको घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ। 

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा १३ वटै उपसमूह घटेको छ।  शुभम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

त्यसैगरी थ्रीस्टार हाइड्रोपावरको ७.८९ प्रतिशत र वृद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ५.४४ प्रतिशतले बढेको छ। 

नेप्सेमा एनआईसी एशिया बैंकको सर्वाधिक २७ करोड ५४ लाखको कारोबार भएको छ।

Tags: