post-slider post-slider

आइतबार अनुपस्थित हुने शिक्षक र कर्मचारीलाई जागिरबाट हटाउने बालेनको चेतावनी

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार महानगरभित्रका विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्।

आइतबार देशभरका विद्यालय बन्द हुने चर्चाबीच मेयर साहले महानगरभित्रका विद्यालय बन्द नगर्न निर्देशन दिएका हुन्।

आन्दोलनरत सार्वजनिक विद्यालयका कर्मचारीहरूले आइतबार विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।

यसै सन्दर्भमा मेयर साहले आइतबार महानगरभित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन्।

साहले शनिबार सामाजिक सञ्जालमार्फत निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द हुने चर्चाप्रति आफ्नो ध्यानाकर्षण भएका बताएका छन्।

उनले विद्यालय शान्ति क्षेत्र रहेको र शान्ति क्षेत्रको अवधारणाविपरित हुनेगरी कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।

मेयर साहले आइतबार विद्यालयबाट अनुपस्थित हुने शिक्षक र कर्मचारीलाई पदबाट हटाउने चेतावनीसमेत दिएका छन्।

पठनपाठन अवरोध गरे विद्यालय व्यवस्थापन विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउने मेयर साहको चेतावनी छ।

 

Tags: