post-slider post-slider

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ पौडेल शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका थिए।

केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारी राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि डिस्चार्ज भएको जनाएका छन्।

उनी २४ घण्टा चिकित्सकहरूको अवलोकनमा बसेको अस्पतालले जनाएको छ।

डा.अधिकारीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

 

Tags: