post-slider post-slider

त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन रद्द

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएपछि विज्ञापन रद्द गरिएको हो।

प्रचण्डले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान गरिएको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए।

उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरो खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो।

यसको विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए।

Tags: