post-slider post-slider

त्रिविका १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदै

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले सोमबार दीक्षान्त समारोह आयोजना गर्दैछ।

त्रिविले ४९ औं दीक्षान्त समारोह आयोजना गर्न लागेको हो।

दिक्षान्त समारोहमा यो वर्ष १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदैछन्।

दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने बताइएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिनेछ।

त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार २०७९ को असारदेखि २०८० को असारसम्म उतीर्ण भएका विद्यार्थीमध्येबाट सोमबार दीक्षित हुन लागेका हुन्।

यो अवधिमा ७३ हजार विद्यार्थी उतीर्ण भएकोमा दीक्षान्त समारोहका लागि अनलाइनमार्फत आवेदन दिएकालाई दीक्षित गरिनेछ।

यसपटक एमफिल, स्नातकोत्तर र स्नातक गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरिँदैछ।

उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै विद्यावारिधी र एमफिल गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिनेछ।

 

Tags: