post-slider post-slider

२७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

Image
A A

जाजरकोट - रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९२ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्।

४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९२ जनालेमात्र पहिलो किस्ताको रकम पाएका हुन्।

जिल्ला प्रशासन कार्यालयले हालसम्म २७ हजार ९२ भूकम्प प्रभावितले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएको जनाएको हो।

प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा ६ हजार ६३४ मध्ये ४ हजार ६४२ जनाले पहिलो किस्ताको रकम पाएका छन्।

त्यस्तै नलगाड नगरपालिकाका ८ हजार ९७ जना पीडितमध्ये ७ हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेका छन्।

छेडागाडमा ८ हजार २०५ मध्ये २ हजार १८८ र बारेकोटमा ५ हजार ५८६ मध्ये ४ हजार ६८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन्।

कुशे गाउँपालिकाका ५ हजार २८७ परिवारमध्ये ४ हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन्। त्यस्तै जुनिचाँदे गाउँपालिकामा ५ हजार ४०६ मध्ये १ हजार ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराइएको छ।

शिवालय गाउँपालिकामा ३ हजार ३०९ जनामध्ये ३ हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

४२ हजार ५२४ पीडितमध्ये हालसम्म २७ हजार ९२ परिवारले रकम बुझेको जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ।

१० हजार १५९ परिवारमात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै हालसम्म ३२ हजार ३६५ परिवार त्रिपालमा बसिरहेका छन्।

 

Tags: